Authors: केशव Keshav भुसाल Bhusal Pages: 1 - 14 Abstract: प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानको महत्वपूर्ण क्षेत्र प्रकरणार्थविज्ञानमा आधारित रहेको छ । यस लेखमा प्रकरणार्थविज्ञानका आधारभूत अवधारणाअन्तर्गत पर्ने प्रतिज्ञप्ति, पूर्वधारणा, निहितार्थर अभिव्यञ्जनाको सूक्ष्म अन्वेषण गरिएको छ । प्रकरणार्थविज्ञानको परिचय दिनु, प्रतिज्ञप्ति,पूर्वधारणा, निहितार्थ र अभिव्यञ्जनाको सैद्धान्तिक चर्चा गर्नु, यीअन्तर्गतका विभिन्न भेदोपभेदको व्याख्या विवेचन गर्नु यस अध्ययनका मूलभूत उद्देश्यहरू रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरूको सङ्कलन गरिएको छ । यो लेख तयार गर्ने सिलसिलामा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूकोअधिक उपयोग गरिएको छ । यस अध्ययनबाट प्रकरणार्थविज्ञान प्रकरणपरक भाषिक प्रयोगकोअध्ययनसँग सम्बन्धित रहेको, प्रतिज्ञप्ति भाषिक अभिव्यक्ति वा उच्चारबाट प्रकट हुने आधारभूत अर्थसँग सम्बन्धित रहेको, पूर्वधारणा व्यक्त अभिव्यक्तिका आधारमा अव्यक्त अभिव्यक्तिको अनुमान गर्ने का&... PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45451 Issue No:Vol. 3, No. 1 (2022)
Authors:यज्ञेश्वर Yagyeshwar निरौला Niraula Pages: 15 - 28 Abstract: सबै जातजाति र भाषाभाषीका बिच साझा सम्पर्कका रूपमा रहेको नेपाली भाषा नेपाल सरकारबाट मान्यता प्राप्त राष्ट्रभाषा हो । यस भाषालाई यहाँ बसोबास गरेका सबै खाले मातृभाषाहरूका वक्ताले राष्ट्रभाषाकै रूपमा अनौपचारिक मान्यता दिएका छन् र यसै भाषामा सरकारी कामकाज, शिक्षणप्रकार्य, कानुनी प्रकार्य, सञ्चार, व्यापार व्यवसाय, चाडपर्व, मेलापात आदि क्षेत्रमा विभिन्न गतिविधिहरू हुने गर्छन् । यस अनुसन्धानमूलक लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाको परिचय दिनुका साथैनेपालमा नेपाली भाषाको अवस्था र नेपाली भाषालाई नै यहाँका सबै जातजातिका व्यक्तिहरूले सम्पर्कभाषाका रूपमा प्रयोग गर्ने आधारहरू उल्लेख गरिएको छ । साझा सम्पर्क भाषा र प्रकार्यात्मकअवस्थामा रहेको नेपाली भाषालाई नै प्राथमिक सामग्री बनाई राष्ट्रभाषा र साझा सम्पर्क भाषाका मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यस शोध लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषाले सबै जातजाति र भाषाभाषीलाई एकताको सूत्रमा उनेर राष्ट्रिय एकताको महत्वपूर्ण कडीको भूमिका निर्वाह गरिरहेको निष्कर्ष निकालिएको छ । PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45452 Issue No:Vol. 3, No. 1 (2022)
Authors:राजेन्द्र Rajendra खनाल Khanal Pages: 29 - 43 Abstract: यो लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘सातौँ ऋतु’ उपन्यास अन्तर्गत अग्रभूमि निर्माणको विश्लेषणमा आधारित छ । अग्रभूमि निर्माणका प्रमुख उपकरण समानान्तरता र विचलनको परिचय दिई सातौँ ऋतु उपन्यासमा रहेका समानान्तरता र विचलनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी सातौँ ऋतु उपन्यासलाई प्राथमिक स्रोत तथा सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । विश्लेष्य उपन्यासमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित अग्रभूमि निर्माणका उपकरणको यथोचित उपयोग भएको पाइयो । कृतिगत उद्धरणको विश्लेषणपछि भाषिक एकाइहरूको पुनरावृत्तिमूलक प्रयोग र विचलनयुक्त भाषाले सो उपन्यासको प्रस्तुतिलाई प्रभावकारी बनाएका छन् भने अभिव्यक्ति पनि पात्रानुकूल रहेको देखिएको छ । विचलनयुक्त प्रयोगमा आधिक्य रहेको विश्लेष्य उपन्यास विचलनका कारणले थप कलात्मक बनेको छ । साहित्यको समालोचनामा अग्रभूमिनिर्माणको यो विश्लेषण एउटा नवीन आयाम हुन सक्ने अ... PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45453 Issue No:Vol. 3, No. 1 (2022)
Authors:विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma Pages: 44 - 60 Abstract: प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञासा र दाबीका आधारमा साक्ष्य र तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरेर निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट वि.सं. २०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिपकेन्द्रित हँदै आएको पाइएको छ । वि.सं. २०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उê... PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45454 Issue No:Vol. 3, No. 1 (2022)
Authors:रमेश Ramesh भट्टराई Bhattarai Pages: 61 - 77 Abstract: जन्म र मृत्यु प्राकृतिक घटना हुन् । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, आत्मा, ईश्वर, मुक्ति, मोक्ष वानिर्वाण धार्मिक सन्दर्भ र त्यसमा आधारित लोकविश्वास तथा सामाजिक आस्था हुन् । प्रामाणिक रवस्तुपरक सन्दर्भको अभाव भए पनि हिन्दू, बौद्ध, इस्लाम, ईसाई लगायतका धार्मिक ग्रन्थले कहीँ नकहीँ पुनर्जन्मलाई स्वीकार गरेका छन् । यस अध्ययनमा पुनर्जन्मप्रतिको लोकविश्वास, धर्म, संस्कारर आस्था पुस्तान्तरित चिन्तन तथा विज्ञानको प्रभावबाट केही तेजहीन बनेको अभौतिक मान्यतालाईविश्लेषण गरिएको छ । पौरस्त्य दर्शनभित्रका अवैदिक दर्शनमध्ये लोकायत÷चार्वाक दर्शनले पुनर्जन्ममाअस्वीकृति जनाएको छ भने बौद्ध दर्शनमा स्वीकृति नै देखिन्छ । जैनमा स्यादवादकै अवधारणा रहेकोछ । वर्णनात्मक तथा विश्लेषणात्मक आधारमा यस अध्ययनलाई समाजले बोकेको विश्वास र दार्शनिकविचारका आधारमा सम्पन्न गरिएको छ । यस लेखलाई पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोगगरी गुणात्मक अध्ययन विधिका आधारमा विश्लेषण गरेर तयार पारिएको छ । यसमा मूलतः हिन्दूलगायतका विभिन्न धार्मिक दर्शनगत विचारसँग भौतिकवादी दर्शनका विषयलाई समेट्दै पुनर्जन्म एकविश्वास मात्... PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45457 Issue No:Vol. 3, No. 1 (2022)
Authors:मुक्तिकला Muktikala लामिछाने Lamichhane Pages: 78 - 88 Abstract: प्रस्तुत लेखमा एकाङ्कीकार विजय मल्लको सत्ताको खोजमा एकाङ्कीको लैङ्गिक दृष्टिकोणबाटविश्लेषण गरिएको छ । जैविक लिङ्गका दृष्टिले नारी–पुरुषबिच ठूलो पार्थक्य रहे तापनि सामाजिकलिङ्गले उनीहरूको भूमिका निर्धारण गर्दछ । सत्ताको खोजमा एकाङ्कीका प्रमुख पात्रमा लैङ्गिकचेतनाको अवस्था पत्ता लगाउने, जैविक लिङ्गका कारण सामाजिक भूमिकामा पार्ने प्रभाव तथा लैङ्गिकविभेद र शोषणको अध्ययन–विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । यो लेख गुणात्मक अनुसन्धानढाँचामा तयार पारिएको छ । पुस्तकालयीय अध्ययनको उपयोग गरी प्राथमिक र द्वितीयक दुवै स्रोतकासामग्रीबाट तथ्यहरूको सङ्कलन गरिएको छ । यस एकाङ्कीलाई प्राथमिक स्रोतको सामग्रीको रूपमालिइएको छ भने लेखसम्बद्ध विभिन्न सैद्धान्तिक तथा व्यावहारिक पुस्तकहरू, अनुसन्धानमूलक लेखहरू,पत्रपत्रिकामा प्रकाशित लेख तथा रचनाहरू तथा इन्टरनेटमा उपलब्ध सामग्रीहरूलाई द्वितीयक स्रोतकासामग्रीको रूपमा उपयोग गरिएको छ । लैङ्गिकतालाई मूल सैद्धान्तिक पर्याधार मान्दै यसका प्रमुखमानकलाई विश्लेषणको आधारको रूपमा उपयोग गरिएको छ । जैविक लिङ्गका आधारमा समाजलेनारी–पुरुष... PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45458 Issue No:Vol. 3, No. 1 (2022)
Authors:कमला Kamala रेग्मी Regmi Pages: 89 - 100 Abstract: प्रस्तुत अध्ययनमा गुरुप्रसाद मैनालीको ‘अभागी’ कथामा देखिएको मूल प्रकृतिलाई समेट्ने प्रयत्नगरिएको छ । समाजशास्त्री हिप्पोलाइट अडोल्फ टेनद्वारा प्रतिपादित समाजशास्त्रका प्रजाति, क्षण रपरिवेशका आधारमा विश्लेषण गरिएको छ । पाश्चात्य साहित्यमा निहित समाज र संस्कृतिको चित्रणगर्ने सिद्धान्त विशेषका रूपमा साहित्यको समाजशास्त्रीय अध्ययन परिचित छ । यसका पनि विधेयवादीर मीमांशावादी गरी दुई धाराहरू छन् । प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रीय चिन्तनअन्तर्गतविधेयवादी धारासँग सम्बन्धित छ । साहित्यिक समाजको अध्ययनमा प्रजाति, क्षण र परिवेशले महत्वपूर्ण भूमिका खेल्ने हुनाले विविध मान्यतामध्ये यी तीन कुराहरूले व्यक्तिको भाषा, संस्कृति, रहनसहन, परिस्थितिआदिमा साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सिर्जना समाजभन्दा भिन्न रहन सक्दैन भन्ने धारणा यसमा छ । टेनले प्रजातिको विकासमा डार्विनको विकासवादी सिद्धान्तबाट पनि प्रभाव ग्रहण गरेका छन् । उनले साहित्यको अध्ययनबाट त्यस समयको मान्छेको भावना, विचार रजीवन अवस्था बोध हुन्छ भन्ने मान्यता राखेका छन् । साहित्यको स&... PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45460 Issue No:Vol. 3, No. 1 (2022)
Authors:Dawa Sherpa, Khagendra Baraily Pages: 101 - 113 Abstract: The total educational session completing in a half of the year is simply referred as semester system. In semester system the total educational activities are based upon the project basis. This study aimed at exploring the perceptions of faculties about the semester system adopted by a Tribhuvan University (TU) affiliated college in Nepal. It also dug out the faculties' experience of pedagogical transformation in higher education. For the sake of their world views, an interpretive paradigm was employed. In this philosophical orientation, subjective reality is an ontological position and multiple realities are epistemological standpoints. This study employed qualitative research method. Narrative inquiry was chosen as the research design. Four participants from the TU-affiliated colleges had been taken purposively from the campus located outside the Kathmandu Valley. An in-depth interview was conducted with research participants in their natural settings without any interruption. The result revealed that the faculties' perception of the semester system was diverse in nature. The student behaviors, faculty behaviors, and unpreparedness of teachers and administration seemed to be more challenging and unfruitful. The effectiveness of the semester system can contribute not only to pedagogical transformation but also to global knowledge. Through the semester system, the whole faculties and students are self-empowered and seek to understand the world through the effort of digital technology. PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45465 Issue No:Vol. 3, No. 1 (2022)
Authors:Narayan Prasad Timilsena, Krishna Maya Devkota Pages: 114 - 127 Abstract: This study was carried out to explore the connection between science and religion especially focused on students' views and understanding of evolutionary concepts of biology at the secondary level. To find out the students' views and understanding of evolutionary concepts in connection with science and religion, a mixed-method design was used consisting of 50 participants of five secondary schools in Kathmandu Metropolitan City. The random sampling method was used for student selection while purposive sampling was used for schools selection. A five-point Liker scale, concept understanding inventory, and interview guideline tools were developed. The tools were validated for the collection of data. Thus, the gathered data were analyzed through descriptive statistics and thematic explanation. From the analysis, it was found that religion and science are continued debatable subjects in philosophy and theology till now. It also provides a philosophical analysis of how they interrelate with each other. The majority understanding of students has been found to be in conflict, science supportive, religion supportive, coalition, contrast, and supplementary views between science and religion towards evolutionary biology. This study concludes that students have common sense, content and nature of science, non-science, and dialect-based misleading as well as corrected understanding about evolutionary biology. Thus, the creationism concept of evolution should be included in the science curriculum to achieve a better understanding of the evolutionary concept. PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45468 Issue No:Vol. 3, No. 1 (2022)
Authors:Shiva Aryal Pages: 128 - 141 Abstract: Culture and education are inseparable as they are simply two sides of the same coin. In this context, this study focuses to explain how does culture work in schooling of Nepal. In so doing, interpretive research design has been used to determine the relationship between schooling and culture, with the experiences of secondary level teacher. Purposive sampling technique has used to select sample population and schooling inventory practice and culture inventory of a society were supervised to the school teacher through the pen-ended interview. This research found positive and significant relationships between schooling and culture. Culture of society can be used by the educators to select the content of school curriculum, learning materials, and methods for communication to student and education as a supportive role to conservation and reformation of culture to a society. The school education mainly dominated by universal culture what Banks called “popular culture”. Further, the exiting schooling limited to the superficial culture of a society rather than the assumption of critical and social action approach of Banks. Therefore, such kinds of schooling can provide general information about the society but does not empower pupils about why do they are behaving different way to the different group of people. This study suggested that the decision making process concerning to school education should be managed in a way, whereas the school teacher, local people, and local expert can easily participate to take initiative or making school curriculum, learning resources and selecting methods of teaching. PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45469 Issue No:Vol. 3, No. 1 (2022)
Authors:Rudra Prasad Danai Pages: 142 - 159 Abstract: "The Effect of Covid-19 Pandemic on Teachers Outdoor Learning" is quantitative research that studies how the teachers of Dhading are exploring their alternatives to continue to learn. The objectives of this research are to explore how teachers are continuing their learning during the long lockdown period when they are formally detached from face-to-face teaching and learning and what alternatives of schooling for the children the teachers are exploring during the lockdown. This research follows the online survey design with a positivist worldview of the facts. This research follows a simple random sampling method for choosing the population who are the teachers teaching in Dhading. This research employed close-ended questions asked online and the data are analyzed by using SPSS. The researcher found that theCOVID-19 and the lockdown, despite its direct effect on regular teaching and learning, has not fully deteriorated the teachers' learning but they have made innovations in learning methods and their horizons. This study also proves that the teachers have got more benefits from their colleagues and professional unions, and they have got a good opportunity of learning information communication technology (ICT), new pedagogy, and the contents of their subject matters. This research suggests that the online prospect is the best one for students and teachers to get access over the big horizon of teaching and learning. Teachers have understood it as an opportunity for innovation. It is concluded that the COVID-19 lockdown though appeared to halt their teaching and learning routine, has not made a blockade on their learning. PubDate: 2022-08-23 DOI: 10.3126/amcj.v3i1.45470 Issue No:Vol. 3, No. 1 (2022)